Logo
Logo

कैलालीमा बस र माइक्रोबस ठोक्किदा १० जना घाइते


441
Shares

काठमाडौं ।  कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शुक्रवार साँझ सुपप्र०१-००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२-००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएका हुन् ।

चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएका छन् । दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार  बस चालक गोदावरी नगरपालिका-१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्