Logo
Logo

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी : रंगेहात पक्राउ


1.9k
Shares

काठमाडौं । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा-७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा- ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा- ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा- २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन् ।

प्रतिक्रिया दिनुहोस्