Logo
Logo

‘महानायक’ले उब्जाएका प्रश्न


- एमपी सुब्बा


  • एमपी सुब्बा

‘राजेश हमाल महानायक हुन् र ?’ यो प्रश्न निरुत्तर । तथापि, अभिनेता राजेश हमाललाई ‘महानायक’ भन्न थालिएको एक दशक बढी हुन लाग्यो । तर, अहिलेसम्म ‘महानायक’को न अर्थ खोजियो, न त तात्पर्य नै ।

बलिउड र हलिउडमा पनि ‘महानायक’ र ‘सुपरस्टार’जस्ता उपाधि दिइने चलन छ । तर, त्यहाँ एउटा निश्चित मापदण्ड छ जबकि, आफ्नो सम्पूर्ण जीवनकाल कलाकार क्षेत्रलाई समर्पित गर्दै दर्शकको ढुकढुकी बन्न सफल अभिनेता वा अभिनेत्रीहरुलाई बलिउड र हलिउडमा दर्शक सर्वेक्षणमार्फत ‘सुपरस्टार’ वा ‘महानायक’ उपाधि दिइने गरेको पाइन्छ । तर, नेपाली फिल्म क्षेत्रमा ‘बहस’को विषय बनेको ‘महानायक’को आधार के छ ? ‘महानायक’माथि उठेको मुख्य प्रश्न यही हो ।

अभिनेता हमालले आफूमाथि थोपरिएको ‘महानायक’ उपाधि स्वीकारेरै होला, प्रतिवाद समेत गरेका छैनन् । तर, बेला–बेला केही फिल्मकर्मीले नै प्रश्नचाहिँ उठाउँदै आएका छन्, ‘राजेश हमाल महानायक कसरी भए ?’ यसरी हिजोका दिनसम्म ‘महानायक’को विषयमा फिल्मकर्मीभित्र मात्रै प्रश्न उठ्थ्यो र सेलाउँथ्यो । तर, अब ‘महानायक’को चर्चा फिल्मीभित्र मात्र रहेन, सार्वजनिक रुपमै ‘महानायक’ कसलाई भन्ने त ? प्रश्न उठेको छ ।

हाँस्य अभिनेत्री दीपाश्री निरौलाले एक अन्र्तवार्तामा ‘अभिनेता हमाल महानायक हुन् र ?’ भन्ने अभिव्यक्ति दिएपछि यो ‘बहस’को विषय बनेको हो । वास्तवमै अभिनेत्री निरौलाले यो विषय एक दशक अगाडि नै उठाएकी भए, सायद आजसम्म ‘महानायक’माथि एक निचोड निस्किने थियो । ढिलै भएपनि अभिनेत्री निरौलाले सार्वजनिक मञ्चमै अभिनेता हमालको ‘महानायक’ उपाधिमाथि प्रश्न उब्जाएकी छन् । यो प्रश्नसँगै ‘महाननायक’माथि दर्शक तथा सञ्चारमा समेत ‘बहस’को विषय बनेको छ ।

हुन त नेपाली फिल्म क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवाल अन्योलमै छ । न ‘महानायक’बारे कुनै प्रष्ट मापदण्ड छ, न त कुनै प्रक्रिया नै । फिल्मी क्षेत्रको करिब ६ दशक लामो इतिहासमा फिल्म क्षेत्रलाई राज्यले अझैसम्म ‘भरपर्दो उद्योग’का रुपमा लिएको छैन । राज्यले फिल्मकर्मीका लागि एउटा विकास बोर्ड स्थापना गरिदिएको छ, त्यो पनि राजनीतिक नियुक्ति गर्ने थलो बनेको छ । यस्तो अवस्थामा फिल्मी कलाकारभित्र ‘महानायक’ खोज्नु कलाकारहरुका लागि सजिलो भने छैन । तर, सान्दर्भिकता पाइँदैन ।

बलिउड र हलिउडमा पनि ‘महानायक’ र ‘सुपरस्टार’जस्ता उपाधि दिइने चलन छ । तर, त्यहाँ एउटा निश्चित मापदण्ड छ जबकि, आफ्नो सम्पूर्ण जीवनकाल कलाकार क्षेत्रलाई समर्पित गर्दै दर्शकको ढुकढुकी बन्न सफल अभिनेता वा अभिनेत्रीहरुलाई बलिउड र हलिउडमा दर्शक सर्वेक्षणमार्फत ‘सुपरस्टार’ वा ‘महानायक’ उपाधि दिइने गरेको पाइन्छ । तर, नेपाली फिल्म क्षेत्रमा ‘बहस’को विषय बनेको ‘महानायक’को आधार के छ ? ‘महानायक’माथि उठेको मुख्य प्रश्न यही हो ।

अभिनेत्री निरौलाले उठाएको प्रश्न यही हुन सक्छ जबकि, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई ‘महानायक’ मान्न सकिन्छ ? पक्कै सकिँदैन । यदि कसैले कसैलाई ‘महानायक’ बनाएकै भए त्यसको आलोचना गर्न पनि मिल्दैन किनकि, प्रजातन्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । त्यो अधिकार प्रयोग गर्ने सबैलाई छुट छ र हुनुपर्छ पनि । अभिनेत्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेकै आधारमा उनीमाथि केही दिनयता सामाजिक सञ्जालमा गाली बर्सिरहेको छ । अभिनेत्री निरौलाले सार्वजनिक रुपमै माफीसमेत मागी सकेकी छन् । तर, उनीमाथि गाली रोकिएको छैन । गाली गर्नेहरुले ‘महानायक राजेश हमाल नभएर को हुनुसक्छ ?’ भन्ने प्रश्न उठाउँदै अभिनेत्री निरौला र हाँस्य अभिनेता दीपकराज गिरीमाथि ब्यंग्य ‘नायक’को बिल्लासमेत भिराउन भ्याइरहेका छन् ।

फिल्म क्षेत्रमा गरेको संघर्ष, मिहिनेत र सफलतालाई हेर्ने हो भने अभिनेता हमालको आफ्नै स्थान छ । त्यस्तै, अभिनेत्री निरौलाको पनि । अझ भनौँ, यहाँ जति पनि कलाकारहरु संघर्ष गरिरहेका छन्, उनीहरुको आ–आफ्नै स्थान छ । सायद यही कुरालाई मनन गरेर एक कार्यक्रम प्रस्तोताले राजेश हमाललाई ‘महानायक’को बिल्ला भिराएका थिए । त्यो बिल्ला हमाल सुहाउँदो छ किनकि, नेपाली फिल्म क्षेत्रका लागि अभिनेता हमाल एक खम्बा हुन् । एक समय हमालविना नेपाली फिल्म बन्दैनथ्यो । यदि फिल्म बनेपनि चल्दैनथ्यो । तर, त्योबेला ‘महानायक’को अर्थ खोज्ने कसैले दुस्साहस गरेनन् र कतैबाट आलोचना भएन । त्यसैले अहिलेसम्म अभिनेता हमाल निर्वाधरुपमा ‘महानायक’ छन् ।

विडम्बना, एक दशकपछि राजेश हमालको ‘महानायक’ उपाधिमाथि सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ । यो प्रश्न अभिनेत्री निरौलाले खडा गरेकी हुन् । यही प्रश्नले अब फिल्म क्षेत्रमा वास्तविक ‘महानायक’ खोज्ने बेला आएको छ । तर, अभिनत्री निरौलाले भनेजस्तै गरी ‘महानायक’ खोजिनु हुँदैन । अभिनेत्री निरौलाले अभिनेता हमालमाथि जुन आशय व्यक्त गरेर प्रश्न उब्जाइन्, त्यो ‘महानायक’ उपाधिको मापदण्ड हुन सक्दैन ।

अभिनेत्री निरौलाले कोरोनाको कारण फिल्म क्षेत्रले सामना गरेको संकटपूर्ण परिस्थितिका बाबजुद राजेश हमालले अभिभावकीय भूमिका निर्वाह गर्न चासो नदेखाएको, आफूलाई यो स्थानसम्म आइपुग्न वर्षौँदेखि सहयोगी भूमिका निर्वाह गरेका प्राविधिकले कोरोनाको कहरका कारण झेल्नुपरेका समस्याप्रति उदासिन भएको जस्ता आक्षेप लगाउँददै राजेश हमाल कसरी ‘महानायक’ भए ? भनेर प्रश्न उठाएकी थिइन् । तर, ‘महानायक’ बन्नका लागि यी र यस्ता काम गर्न आवश्यक छैन । यस्तै, हो भने हाँस्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ‘महानायक’ र ‘महाअभिनेत्री’ उपाधि दिए फरक पर्दैन । किनकि यी दुई कलाकार पछिल्लो केही वर्षयता कलाकारितामा भन्दा सामाजिक कार्यमा बढी सक्रिय छन् । तर, फिल्म क्षेत्र वा कलाकारबाटै ‘महानायक’ उपाधि पाउन उसले फिल्म क्षेत्रमै योगदान पु¥याएको हुुनुपर्छ । अभिनेत्री निरौलाले भनेजस्तै कलाकार भइसकेपछि फिल्म क्षेत्रको पीडा कम गर्न भूमिका पनि निर्वाह गर्न सक्नुपर्छ । तर, त्यो अनिवार्य छैन । सामाजिक कार्य गर्नलाई कलाकार वा ‘महानायक’ नै हुनुपर्छ भन्ने हुँदैन ।

यस्तै, नेपाली फिल्म क्षेत्रमा पनि ‘महानायक’ खोज्ने हो भने बहसको आवश्यक पर्छ । तर, सामाजिक सञ्जालमा बहस गरेर हुँदैन । यतिखेर सामाजिक सञ्जालमा ‘महानायक’को बहसभन्दा पनि एकले अर्कालाई ब्यंग्य गर्ने र सिध्याउने खेल भइरहेको छ । यदि साँच्चीकै नेपाली फिल्म क्षेत्रमा ‘महानायक’ नै खोज्ने हो भने, कसलाई किन र कसरी महानायक भन्ने ? महानायकको दायित्व र कर्तब्य कस्तो हुन्छ ? महानायकको उपाधि कसले दिने भन्ने बिषयमा अहिले व्यापक बहस हुुनुपर्छ । जहाँ सबैले आफ्नो मत राख्न पाउनुपर्छ । त्यसपछि छनोट भएका नामहरुलाई खुला मत सर्वेक्षण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्