Logo
Logo

शिक्षक आन्दोलनमा घुसपैठ गर्न प्रधानमन्त्रीले कार्यकर्ता खटाए : मेटमणि


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन कार्यकर्ता खटाएको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर खिसीट्यूरी गरेको ठिटप्पणी गर्दै घुसपैठ गराउन कार्यकर्ता खटाएको आरोप लगाए ।

‘विगतमा शिक्षकहरूसँग तीन पटक सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन गर्ने कुरा त परै जाओस्, सम्झौता कार्यान्वयनको आवाज उठाउँदा, आन्दोलनलाई खिसीट्यूरी गर्ने, होच्याउने, घुसपैठ गराउने, आन्दोलनलाई कमजोर बनाउन सरकार र सरकारसँग जोडिएका राजनीतिक दलका कार्यकर्ता लगाउनेलगायतका नीच स्तरका काम सरकार र प्रधानमन्त्रीज्यूबाट भयो त्यो खेदजनक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्