Logo
Logo

वाईफाई नेपालद्वारा १०० एमबिपिएसको नयाँ योजना सार्वजनिक


882
Shares

काठमाडौं ।  नेपालकै तीव्र गतिमा वृद्धि भइरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रा.लि.ले उच्च गति इन्टरनेट योजना सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि आफ्नो नयाँ १०० एमबिपिएस फाइबर इन्टरनेट योजना डुअल ब्यान्ड राउटरसहित सुरु गरेको हो ।

हालसम्म ५० एमबिपिएस र ८० एमबिपिएस सेवा उपलब्ध गराउँदै करिब ७०,००० भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको वाईफाई नेपालले देशभर बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी यो योजना ल्याएको जनाएको छ । कम्पनीले नेपाली परिवार र साना व्यवसायलाई लक्षित गरी यो योजना विशेष डिजाइन गरिएको बताएको छ ।

नयाँ योजना अन्तर्गत २४ महिनाका लागिस् रु. १५,७०७ र १२ महिनाका लागिस् रु. ९,४६९रुपैयाँ शुल्क लाग्ने छ । 

उल्लेखित मूल्यमा भ्याट समेत समावेश गरिएको छ र ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । यसले ग्राहकलाई पारदर्शिता र उचित मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको छ । 

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयर भन्छन्, ‘वाईफाई नेपालको मुख्य उद्देश्य सबै नेपालीलाई छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउनु हो । हामी आज १०० एमबिपिएस सेवा सार्वजनिक गर्न सफल भएका छौँ भन्नेमा गर्व गर्छौँ । डिजिटल पहुँचलाई सहज बनाउँदै उच्च गुणस्तरको फाइबर इन्टरनेट देशभर पु¥याउन हामी प्रतिबद्ध छौँ।’

प्रतिक्रिया दिनुहोस्