
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकता घोषणा कार्यक्रमअघि उनलाई पक्राउ गरिएको हो ।
पार्टी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका चौधरीलाई प्रज्ञा भवन परिसरबाटै पक्राउ गरिएको थियो । उनलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।














