Logo
Logo

शैक्षिक हड्ताल स्थगित, भर्ना र परीक्षामा लाग्न शिक्षक महासंघको आग्रह


630
Shares

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ ।

सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले भने ‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ ।’

परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

२० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्