Logo
Logo

क्षिण कोरियाका राष्ट्रपति हान डक सूले दिए राजीनामा


1.2k
Shares

काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार टेलिभिजनमार्फत आयोजित प्रेस ब्रिफिङमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

हानले राष्ट्रको सेवा गर्न ठुला जिम्मेवारी सम्हाल्ने लक्ष्यका साथ पद त्याग्ने निर्णय गरेको बताए । कोरियन मिडियाका अनुसार, उनले शुक्रवारदेखि आगामी राष्ट्रपति चुनावका लागि आफ्नो औपचारिक चुनावी अभियान सुरु गर्ने तयारी गरेका छन् ।

पूर्वराष्ट्रपति युन सुक योलले हानलाई प्रधानमन्त्री नियुक्त गरेका थिए, जुन देशको दोस्रो सबैभन्दा शक्तिशाली पद मानिन्छ । युनलाई मार्शल ल लागू गर्न खोजेको षड्यन्त्रको आरोपमा पदबाट हटाइएको थियो, जसपछि राष्ट्रपति चुनावको तयारी थालिएको हो ।

७५ वर्षीय हान करिब चार दशक लामो सरकारी सेवाको अनुभव भएका व्यक्तित्व हुन् । हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले कन्जरभेटिभ र लिबरल दुवै सरकारमा उच्च पद सम्हालेका छन् । वाणिज्य मन्त्री, अर्थमन्त्री र अमेरिकामा दक्षिण कोरियाका राजदूतका रूपमा समेत उनले काम गरिसकेका छन् ।

२००७–०८ मा उदारवादी राष्ट्रपति रोह मु–ह्युनको कार्यकालमा, र पछिल्लोपटक युन सुक योलको सरकारमा उनी दुई पटक प्रधानमन्त्री बनेका थिए ।

राजनीतिक वृत्तमा हानलाई एक सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । युनले २०२३ डिसेम्बर ३ मा मार्शल ल लागू गरेपछि प्रमुख रूढीवादी दल ‘पिपुल्स पावर पार्टी’मा आन्तरिक अस्थिरता देखिएको छ । 

उनका समर्थकहरूले हानलाई अनुभवी, स्थिर र आर्थिक मामिलामा जानकार नेताका रूपमा प्रस्तुत गर्छन्, जो डोनाल्ड ट्रम्पजस्ता आक्रामक व्यापार नीतिसहितका अन्तर्राष्ट्रिय चुनौतीहरूसँग जुझ्न सक्षम छन् ।

प्रतिक्रिया दिनुहोस्