Logo
Logo

श्रमिक समृद्ध राष्ट्र निर्माणको आधार हुन् : पूर्ण बस्नेत


378
Shares

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले श्रमिकहरू समृद्ध राष्ट्र निर्माणको आधार भएको बताएका छन् ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै बस्नेतले मानसिक र शारीरिक श्रम गर्ने श्रमिकहरूको श्रम, सिप, ज्ञान र क्षमताले राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

‘श्रमिकहरूको राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गर्न समाजवादी आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ बस्नेतले भने । उनले श्रमिकहरूको एकता आज पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे ।

बस्नेतले नेपालमा श्रमिक आन्दोलनको इतिहास लामो नभए पनि मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तन, विद्रोह र सङ्घर्षहरूमा श्रमिक वर्गको सक्रिय सहभागिता रहँदै आएको स्मरण गरे ।

‘श्रमिकको पेसागत मर्यादा, सम्मान र हक–अधिकार स्थापित भएको दिनको स्मरणमा मनाइने यो दिवसले अझ सशक्त र सङ्गठित श्रमिक आन्दोलनको आवश्यकता दर्साउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्