Logo
Logo

उडिसास्थित कलिंग इन्स्चिट्युटको छात्रावासमा एक नेपाली छात्रा मृत भेटियो


441
Shares

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा फेरि एक नेपाली छात्रा मृत भेटिएकी छन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह नाामकी विद्यार्थी मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन् ।

उक्त घटनाबारे भारतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । राजदूत शंकर प्रसाद शर्माले भने, ‘उडिसाबाट त्यस्तै खबर आएको छ । उडिसा सरकारका प्रमुख सचिव, पुलिस कमिसनरसँग कुरा गर्दा छात्रावासको ढोका खोलेर हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने आएको छ । विस्तृत प्रहरी रिपोर्ट आएको छैन ।’ प्रिन्शाको नेपालस्थित ठेगाना खुलेको छैन । प्रिशा सो विश्व विद्यालयमा बिटेक अध्ययनरत थिइन् ।

भारतीय मिडियाका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले शव फरेन्सिक परीक्षणका लागि लगेको र थप अनुसन्धान भइरहेको बताएको छ । यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्