Logo
Logo

संविधान संशोधनको प्रक्रिया अघि बढाइने


252
Shares

काठमाडौं । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ– ‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो। तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्