काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा गरेको छ । सरकारले हरेक वर्ष यो कार्यक्रम दोहोर्याउने गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक संरचना, गाभ्ने, खारेज गर्ने वा पुनर्संरचना गर्ने घोषणा गरे ।
चालु खर्च वाञ्छित सीमा राख्ने समेत उनले बताए । औद्योगिक करण, लगानी प्रवर्द्धन र अर्थतन्त्र बिस्तार गर्ने गरी कर प्रणालीमा संरचनात्मक रुपान्तरण गर्ने उनले घोषणा गरे । करदातामैत्री राजस्व प्रणाली बनाउने उनको भनाइ छ ।














