Logo
Logo

सेनाका अधिकृतहरू सशस्त्र प्रहरी प्रधान कार्यालयको अवलोकनमा


2.9k
Shares

काठमाडौं । नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्ष अन्तर्गत तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूले वैशाख १९ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हलचोकमा अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालले प्रशिक्षार्थी अधिकृतहरूलाई सशस्त्र प्रहरी बल नेपालको सङ्गठन, कार्यक्षेत्र र दायित्वसम्बन्धी विविध जिज्ञासाहरूको स्पष्ट जानकारी दिए । 

त्यसैगरी, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालको संरचना, कार्यादेश, द्वन्द्व तथा शान्ति अवधिमा बलको भूमिका, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायत विषयमा विस्तृत प्रस्तुति दिएका थिए ।

प्रशिक्षार्थी अधिकृतहरूले अवलोकन भ्रमणको क्रममा सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, नेपाली सेनासँगको सहकार्य, वर्तमान सुरक्षा चुनौतीहरू लगायतका विषयमा अन्तरक्रिया गरेका थिए। साथै, प्रधान कार्यालय परिसरमा रहेको संग्राहालय, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरणहरू तथा केन्द्रीय आदेश कक्षको समेत अवलोकन गरिएको थियो।

अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूका साथै ६ जना प्रशिक्षक अधिकृतहरूको पनि सहभागिता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्