
काठमाडौं । भारतले पाकिस्तानमा गरेको आक्रमणमा परि ३१ जनाको ज्यान गएको छ । पाकिस्तानी सेनाले भारतको आक्रमणमा परि ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।
आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ ।
भारतले बुधबार राति गरिएको क्षेप्यास्त्र आक्रमण गत महिना पहलगाममा एक नेपाली सहित २६ पर्यटकहरूमाथि भएको घातक आतंकवादी हमलाको प्रतिक्रिया भएको बताउँदै आएको छ ।










