काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

अरागची भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा भाग लिन भारत आएका छन् । जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २२ अप्रिलमा पहलगाममा भएको आक्रमण बारे जानकारी दिएका छन् ।
उन भने, ‘उक्त हमलाले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो।’ भारतीय विदेशमन्त्रीका अनुसार, भारतले ७ मेमा ‘आतङ्कवादी संरचनाहरू’ लाई निशाना बनाउँदै सीमा पार हमला गरेको थियो । उनले अगाडि थपे, ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हाम्रो विरुद्ध सैन्य कारबाही हुन्छ भने हामी त्यसको कडा र दृढ जवाफ दिनेछौँ भन्नेमा कुनै शङ्का छैन ।’ जयशंकरले अरागचीलाई भने, ‘छिमेकी र नजिकको साझेदारको हैसियतले पछिल्लो घटनाक्रम बारे तपाई पूर्णरूपमा जानकार रहनु महत्त्वपूर्ण छ ।’










