पुष्पलाल र अबको नेकपा


Published On : 28 July, 2020

  • पूर्णशोभा चित्रकार

यो हप्ता कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसको अवसरमा उहाँको बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो । पुष्पलालसँग सम्बन्धित धेरै वटा फोटोहरु हेर्ने मौका मिल्यो । विशेषगरी विभिन्न समयका उहाँका फोटोहरु पोष्ट भएको देखियो, जसबाट केही इतिहास र त्यससँग जोडिएका तथ्यहरुबारे जानकारी मिल्यो । कसै कसैले ‘कुन बाटो ? मूल बाटो’ भनेर पनि पोष्ट गरे । यो बुझेर हो या व्यंगात्मक हो भन्ने बारेमा बुभ्mन गाह्रो भयो । किनकि, कुन बाटो ? भन्ने पुस्तक पुष्पलालले लेख्नुभएको थियो भने, ‘मूल बाटो’ तुल्सीलाल अमात्यले लेख्नुभएको थियो । त्यो बेला ती दुई नेताहरुबीच विचारधारात्मक संघर्ष चलिरहेको थियो ।

पुष्पलालको समयमा राजनीतिक अधिकार प्राप्तिको विषय मुख्य चुनौतीको रुपमा थियो । जीवनभर उहाँ त्यसैका लागि लड्नुभयो । अहिले स्थिति फेरिएको छ । जनताको जनादेशमा संविधान निर्माण भएको छ र हामी गणतान्त्रिक मुलुकको नागरिक हुन पाएका छौं । संविधान र नेकपाका महाधिवेशन र घोषणापत्रले नेपाल समाजवाद उन्मुख हुने भन्ने निष्कर्ष निकालेको छ । त्यसको कार्यन्वयन कसरी गर्ने ? त्यो लक्ष कसरी र कहिले सम्म हासिल गर्ने भन्ने बारेमा बहस चलाउनु जरुरी छ । त्यसका लागि सबैभन्दा पहिला नेकपाभित्रको एकता सुदृढ र मजबुत बनाउनुपर्छ । पार्टी एकताका बेला भएका सहमति इमान्दारीका साथ पालना गरिनुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टी ००६ सालदेखि आजसम्म आइपुग्दा फुट्ने र जुट्ने इतिहासबाट गुज्रेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको आजको नेकपाबाट पनि पार्टीका नेता, कार्यकर्ता र जनता सन्तुष्ट बन्न सकेको देखिँदैन । स्मृति दिवस, जन्म दिवस, श्रद्धाञ्जलिसभा जुनसुकै नाममा भए पनि वैचारिक, राजनीतिक छलफल र संगठन सुदृढीकरणको लागि ती दिनहरुलाई उपयोग गर्न सकिन्थ्यो । तर, आरोप, प्रत्यारोपमै स्मृति दिवस बित्न थाल्यो ।

पुष्पलालले नेपाली कांग्रेस पार्टीबाट अलग भएर कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद विसं २००५ मा गर्नु भयो । भूमिकामा उहाँले नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता छ भनेर लेख्नुभयो र विसं २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । उहाँले स्थापना गर्नुभएको पार्टीको निरन्तरताको रुपमा विभिन्न कम्युनिष्ट पार्टीहरुले आपूmलाई मान्दै आएका छन् ।

राणाहरुको निरंकुशतन्त्रभित्र कम्युनिष्ट पार्टी स्थापना गर्नु कम साहसको काम थिएन । कम्युनिष्ट पार्टी स्थापना भई सकेपछि नेपाल महिला संघ (पछि अखिल नेपाल महिला संघ), किसान संघ, अखिल नेपाल विद्यार्थी फेडेरेशनजस्ता जनवर्गिय संगठनहरु बने र ती संगठनहरुमार्फत राजनीतिक स्वतन्त्रताका साथै समुदायका मागहरु उठाउन थाले । अनेमसंघ महिलाहरुको हकमा काम गर्न पाउने अधिकार, समान ज्याला, शिशु स्याहारको व्यवस्था, समान शिक्षा आदि मागहरु उठाउन थाले ।

विसं २००७ सालको क्रान्तिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी संयुक्त रुपले भाग लिए । दिल्ली सम्झौता पछि राणाहरुले राजामा सत्ता हस्तान्तरण गरे । त्यसको विरुद्धमा कम्युनिष्ट पार्टीले आन्दोलन शुरु गर्यो । त्यसको दौरानमा चिनियाकाजीको मृत्यु भयो । नेपाली कांग्रेसले खुकुरी दलको आडमा नेपाली जनता विच आतंक मच्चाए भने कम्युनिष्ट पार्टी भित्र दिल्ली सम्झौतालाई मानेर राजासंग मिलेर जाने वा त्यसको विरुद्धमा आन्दोलन गर्ने भन्ने विषयमा मत बाझिन थाल्यो । विसं २००८ सालमा पार्टीको पहिलो सम्मेलन भयो । तर, गुटफुटले घर गर्न छोडेन । राजनीतिक मतभिन्नताबाट शुरु भएको गुटहरु पछि व्यक्तिगत लाभको विषयमा समेत केन्द्रित हुन थाल्यो । स्व. भरतमोहन अधिकारीको पुस्तकका केही पानाहरुमा चीन को जाने, रुस जाने टीममा कस कसको नाम सामेल भयो भन्ने विषयमा समेत आपसमा मनमुटाव हुने गर्दथ्यो । पछि चीन समर्थक खेमा हुने कि रुस समर्थक खेमा हुने भन्ने विषयमा समेत मत भिन्नता रह्यो । विसं २०१२ सालमा चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा मनमोहन जाने कि पुष्पलाल जाने भन्ने विषयमा पनि मनमुटाव भएको थियो । त्यसमा मनमोहन गए, पुष्पलाल छुटे । विभिन्न सम्मेलनहरु, महाधिवेशनहरु भए पनि मनमुटाव र गुटको गतिविधिहरु अन्त भएन । यहि विचमा पनि विसं २०१५ सालमा आम चुनाव भयो । त्यस चुनावमा कमलराज रेग्मी, तुल्सीलाल अमात्य, शेख फर्मान र हरदेव शर्मा गरी नेकपाले चार सिट जितेको थियो । दलको नेता तुल्सीलाल बन्नु भएको थियो । विसं २०१७ को राजा महेन्द्रको फौजी काण्ड पछि सवै राजनीतिक दलहरु प्रतिबन्धित र संसद भंग भयो । केशरजंग रायमाझी मस्कोमा थिए र त्यहीँबाट उनले राजाको कदमको स्वागत गरे । तर पुष्पलाल र तुल्सीलालले राजाको कदमको विरोध गरे र उनले संसद पुनस्र्थापनाको माग अघि सारे । पुष्पलालले राजाको कदमको विरुद्धमा कम्युनिष्ट र कांग्रेस एक भएर जानुपर्ने धारणा अघि सारे । विसं २०१९ मा दरभंगामा तेश्रो महाधिवेशन भयो । केशरजंग रायमाझीलाई त्यसमा सामेल गराइएन र उनलाई पार्टीबाट निष्काशन गरियो । तुल्सीलाल पार्टीको महासचिव बने । अर्कोतर्फ केशरजंग रायमाझीले तत्कालीन सोभियत संघको समर्थन गर्दै राजाको पक्षधर बनी अलग्गै नेकपाको गठन गरे । तुल्सीलालको नेतृत्वमा गठन भएको नेकपा भित्र समेत वादविवाद र गुटवन्दी गहिरिंदै गयो र अन्ततः २०२३ सालमा ६ जना केन्द्रीय सदस्यको समर्थनमा पुष्पलालले अलग्गै पार्टीको घोषणा गरे । तुल्सीलाल नेतृत्वको नेकपा निस्कृय रहन पुग्यो । विसं २०२५ सालमा पुष्पलालले तेश्रो सम्मेलन आयोजना गरी नेकपालाई अगाडि बढाए । उनको विचारमा निरंकुश राजासंग लड्न कांग्रेस कम्युनिष्ट एक भएर अगाडि बढ्नु पर्दछ भन्ने धारणा अघि सारे ।

२०२७ मा मनमोहन जेलबाट छुटेपछि पूर्वकोशी प्रान्तीय समिति बनाए र पछि नेकपा (माक्र्सवादी) बनाए । विसं २०३२ सालमा सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने, मणिलाल राई र रामचन्द्र यादवसहितको को–अर्डिनेशन केन्द्र (कोके) को गठन भयो । त्यसपछि टुटफुटमा रहेका कम्युनिष्ट समूहहरुको एकता हुँदै अगाडि बढ्यो । ०३४ सालमा जीवराज आश्रितको नेतृत्वमा मदन भण्डारी, मोदनाथ प्रश्रित, बामदेव गौतम लगायतका पुष्पलाल समूहबाट अलग भएको मुक्तिमोर्चा समूह ०३४ सालको भदौमा कोकेमा सामेल भयो ।

२०३५ पौष ११ ( डिसेम्वर २६) मा नेकपा (माले) को गठन भयो । विसं २०४६ भदौको ९ देखि १४ सम्ममा नेकपा (माले) को आयोजनामा नेकपाको चौथो महाधिवेशन सम्पन्न भयो । २०४६ को जनआन्दोलनको सफलता पछि २०४७ पौषमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) पार्टीको एकता भई नेकपा (एमाले) बन्यो । २०६५ सालमा गणतन्त्र घोषणाको १० बर्ष पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) विच पार्टी एकिकरण भई नेकपा बनेकोछ । पार्टी एकीकरण पछिको यो अवस्थामा पार्टीले नेकपा स्थापनामा पुष्पलालको योगदानलाई सँधै सम्झिनु पर्दछ ।

अहिले पार्टीले मतदानबाट बहुमतको जनादेश पाएकोछ र पार्टीले नै सरकारको नेतृत्व गरिरहेकोछ । यो अवस्थामा पार्टीले पुष्पलाललाई सम्झनु भनेको केवल केही कार्यक्रमहरु गरेर औपचारिकता पूरा गर्नु मात्र होइन । अहिले देखापरिरहेको जटिल परिस्थितिको सामना गर्न पुष्पलालबाट के सिक्ने र गुटफुटबाट पार्टीलाई जोगाएर अगाडि कसरी बढ्ने भन्नेबारेमा पार्टी पंक्तिभित्र बहस चलाउनु जरुरी छ ।

पुष्पलालले ‘मातृसत्ता’ पुस्तकमार्फत नेपाली समाजको सबै पक्ष विश्लेषण गर्नुभयो । उत्पादन र आर्थिक सम्बन्धमा आधारित वर्ग विश्लेषण गर्नुभयो । आन्तरिक अन्तरविरोध नै प्रधान अन्तरविरोध मान्नुपर्ने निष्कर्ष निकाल्नुभयो र पञ्चायती व्यवस्था नै मूल समस्या हो भनी निष्कर्ष निकाल्नुभयो । आजको यो परिवर्तित सन्दर्भमा कुन बाटोले देशलाई समृद्ध र सुशासनतर्फ लैजान सक्छ भन्ने विषयमा गम्भीर बहस चलाउनु जरुरी छ ।

पुष्पलालको समयमा राजनीतिक अधिकार प्राप्तिको विषय मुख्य चुनौतीको रुपमा थियो । जीवनभर उहाँ त्यसैका लागि लड्नुभयो । अहिले स्थिति फेरिएको छ । जनताको जनादेशमा संविधान निर्माण भएको छ र हामी गणतान्त्रिक मुलुकको नागरिक हुन पाएका छौं । संविधान र नेकपाका महाधिवेशन र घोषणापत्रले नेपाल समाजवाद उन्मुख हुने भन्ने निष्कर्ष निकालेको छ । त्यसको कार्यन्वयन कसरी गर्ने ? त्यो लक्ष कसरी र कहिले सम्म हासिल गर्ने भन्ने बारेमा बहस चलाउनु जरुरी छ । त्यसका लागि सबैभन्दा पहिला नेकपाभित्रको एकता सुदृढ र मजबुत बनाउनुपर्छ । पार्टी एकताका बेला भएका सहमति इमान्दारीका साथ पालना गरिनुपर्छ । अन्यथा, जनताको यति ठूलो आड, भरोसा र विश्वास टुट्न सक्छ । जनताले दुईतिहाइ मत दिएका छन् । काम गरेर देखाउने बेला यही नै हो ।

आजको समयमा पुष्पलालको बारेमा चर्चा गर्दा हामी के भन्न सक्छौं भने पुष्पलाल एक विचारक हो । कम्युनिष्ट पार्टी स्थापना गर्ने, संसद पुनस्र्थापनाको माग गर्ने, साझा समस्याको विरुद्धमा जुभ्mनको लागि मिल्न सक्ने संग मिलेर जाने भन्ने विचार विभिन्न समयमा राजनीतिक पार्टीहरुले पछिल्ला समयमा लागू गरेको र सफल भएको देखिन्छ । अहिलेको नेकपाले देशको आर्थिक समृद्धि र सुशासनतर्फ लैजाने जिम्मेवारी पाएको छ । नेकपाले सुझबुझका साथ पार्टीपंक्तिलाई एकजुट बनाई आप्mनो लक्ष्यमा पुग्न पार्टी भित्र र बाहिरका मिल्न सक्ने जतिसंग मिलेर जानु पर्दछ । तब मात्र पुष्पलालप्रतिको सही श्रद्धा मानिने छ ।

प्रतिक्रिया दिनुहोस्