Logo
Logo

रविको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ जारी


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ जारी छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा केहि बेरअघिबाट सुनुवाइ भइरहेको हो ।

सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका लामिछानेले पत्नी निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त, यसअघि पनि पटकपटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिए ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । अहिले यो मुद्दामाा सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्