Logo
Logo

मर्यादापालकलाई खाजा र भत्ता दिन सांसद लामाको आग्रह


252
Shares

काठमाडौं । सांसद बिना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ गर्न माग गरेकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मर्यादापालकहरुका लागि खाजा र भत्ताको व्यवस्था गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘मर्यादापालकहरु सुरक्षामा खटिनुहुन्छ । उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् ।’ यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताइन् ।

उनले भनिन्, ‘यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो । तर हालसम्म पहिलो किस्तामात्र विनियोजन गरिएको छ । बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्