Logo
Logo

नयाँपाटी हत्याकाण्ड : पाँच जना पक्राउ


1.7k
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीका ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर-१ बस्ने रामेछाप, सुनापति गाउँपालिका-४ का २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर-२ बस्ने सर्लाही, बागमती गाउँपालिका-३ का २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-६ का २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक, चौंरीदेउराली गाउँपालिका-७ का २८ वर्षीय अनुराग तामाङ रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति लिएर प्रहरी वृत्त बौद्धले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्