काठमाडौं । गभर्नरका लागि तीन जनाको नाम लिएर अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।
मंगलबार गभर्नर सिफारिस समितिको बैठक सकाएर गभर्नरका लागि सिफारिस भएका तीन जनाको नाम बोकेर पौडेल बालुवाटार गएका हुन् ।

गभर्नरका लागि सिफारिस हुनेहरूमा डा।विश्व पौडेल, डा. निलम ढुंगाना र डा. अंगराज तिमल्सिना रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।














