Logo
Logo

नारायणी नदीमा बेपत्ता युवकको खोजीमा गोताखोर परिचालन


819
Shares

चितवन । चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका एक युवकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर टोली परिचालन गरेको छ । बेपत्ता हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ निवासी २७ वर्षीय सचिन कार्की रहेका छन् । 

उनी भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकै नारायणी नदीमा जेठ ६ गते बेपत्ता भएका थिए । घटना लगत्तै खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नं.१७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । खोजी कार्य तीव्र रूपमा जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्