
काठमाडौं । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी प्रहार घटनामा संलग्न ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
गत जेठ ३ गते शनिबार बेसीसहरमा भएको अधिवेशनमा दुई समूहबीच खुकुरी हानाहान हुँदा ४ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न ४ जनाविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता भएको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।
जसमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो ।
यद्यपी उनीहरु हाालसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका छन् ।