Logo
Logo

एमाले धनुषामा भोला यादव नेतृत्वको प्यानलै विजयी


693
Shares

धनुषा । नेकपा (एमाले) धनुषा जिल्ला कमिटीमा भोला यादवको प्यानलै विजयी भएको छ । आठौँ अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट यादव समूहका अधिकांश सदस्य ठूलो मतान्तरसहित विजयी भएका हुन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतान्तरले पराजित गर्दै भोला ४०२ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन् ।

महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्