Logo
Logo

सप्तरीको नेपाल बैंकमा चोरी, एक जना पक्राउ


693
Shares

काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ । गएराति बैंकका सुरक्षा गार्ड सुतिरहेका बेला गार्डले बोक्ने एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला चोरी भएको हो ।

सप्तरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतले गार्ड सुत्ने कोठाबाट हतियार चोरी भएको तर रकम भने चोरी नभएको बताए । चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका ६ बिरपुर बस्ने २० वर्षका अपसाद अंसारी रहेका छन् ।

उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा राति नै लहान नगरपालिका ३ हस्पिटल चोक नजिकबाट पक्राउ गरेको हो । पक्राउ परेका अंसारीले आफूलाई अर्कै व्यक्तिले गार्डको हतियार चोरेर ल्याउन लगाएको प्रारम्भिक सोधपुछका क्रममा बताएको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्