Logo
Logo

नागढुंगा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द, विकल्पिक सडक प्रयोग गर्न अनुरोध


945
Shares

काठमाडौं । संघीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको राससलाई जानकारी दिए ।

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्