Logo
Logo

धनकुटामा ८९० किलो गाँजा र चार मोबाइलसहित एक पक्राउ


504
Shares

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, ओख्रेमा ८९० किलोग्राम गाँजा र चार थान मोबाइलसहित एक १८ वर्षीय किशोर पक्राउ परेका छन् । साँगुरीगढी–२, बुढीमोरङका ती किशोरलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

The current image has no alternative text. The file name is: Arrest-Pakrau.jpg

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको टोलीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअप जाँच गर्ने क्रममा २९ बोरामा राखिएको उक्त परिमाणको गाँजा फेला पारेको थियो । प्रहरीले पिकअपमा सवार किशोरलाई पक्राउ गरेको छ भने चालक हाल फरार रहेका छन् ।

प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्