Logo
Logo

भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता


567
Shares

काठमाडौं ।  कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोरमा भएको तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले १५ चैतको उक्त घटनामा कुल ४० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

थप ११ जनाविरुद्ध भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्टलगायतबाट परेको जाहेरीका आधारमा छुट्टै मुद्दा दर्ता गरिएको हो ।
 
मुद्दा दायर हुनेहरूमा श्रवणकुमार लामा (२९), समिर मगर (२१), रविरञ्जन कुमार सिंह (२०), एलिसा राई भनिने लक्ष्मी राई (४०), आशिककुमार महतो (२०), गोविन्द राय (१९), सुशीला कुमाल (४४), निर्मला कार्की (३९), प्रेमकुमार महतो (२४), राधेश्याम यादव (१९) र दिनेश महतो (२०) रहेका छन् ।  प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्