
काठमाडौं । धादिङको सोताङ खोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द भएको छ । थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोला पुलमा क्षति भएपछि अहिले सवारी आवागमन पूर्णरुपमा बन्द गरिएकाे हो ।
बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले सवारी आवागमन रोकेर डाइभर्सनको काम सुरु गरिएको जानकारी दिए । बाटो अवरुद्ध भएपछि अहिले काठमाडौं भित्रिने र बाहिरिने सवारी तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।














