
काठमाडौं । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित एक घरमा आगलागी हुँदा जलेर एकल महिलाको मृत्यु भएको छ । भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिला दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ३ः ३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले जानकारी दिए ।














