
काठमाडौं । ओखलढुंगामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोलुङ गाउँपालिका– २ की एक १३ वर्षीया बालिकालाई १५ देखि १७ वर्ष उमेर समूहका पाँच किशोरले यही जेठ ११ गते सामूहिक बलात्कार गरेका हुन् ।
प्रहरीका अनुसार पाँचमध्ये दुईजनाले सहयोग गरेको र तीनजनाले बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।
बलात्कारको उजुरीपछि उनीहरु पाँचै जनालाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए । आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदैछ ।














