काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखक छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै उनको राजीनामा माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्ताधारी नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।

अहिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए । विपक्षीको अवरोधकै कारण हिजो (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत प्रस्तुत गर्न सकेनन् ।
भोलि (बिहीबार) संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ । तर, विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।














