Logo
Logo

गृहमन्त्रीलाई बोल्न नदिएर प्रतिपक्षी दलले असंसदीय व्यवहार देखाए: महेश बर्तौला


693
Shares

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई प्रतिपक्षी दलहरूले संसद्‍मा बोल्न नदिनुलाई असंसदीय व्यवहार भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रतिपक्षी दलहरूले उठाएकै विषयवस्तुबारे जवाफ दिन गृहमन्त्री लेखक तयार भए पनि प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेर नाकाबन्दी लगाउने काम भएको बताएका छन् ।

‘गृहमन्त्रीज्यू उहाँहरूले उठाएकै विषयमा जवाफ दिन तयार हुनुहुन्छ । उहाँलाई रोक्ने कुरा असंसदीय कुरा हो । यो राजनीतिक विषय होइन । बोल्न दिनुपर्छ । उहाँहरूको चित्त बुझ्छ बुझ्दैन त्यसपछि अर्को कुरा हो,’ उनले भने ।

संसद्‍मा प्रमुख प्रतिपक्षका सांसद मात्रै बोल्ने कुरा उचित नभएको भन्दै उनले सत्ता पक्षका पनि आफ्नै मुद्दा र विषय हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्