Logo
Logo

सुनसरीमा निषेधाज्ञा जारी


- दृष्टि न्युज/संवाददाता


इनरुवा, २२ साउन । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।
लकडाउन उल्लंघन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना संक्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए । निषेधित क्षेत्र घोषणा भएपछि जनता घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत प्रजिअ पोखरेलले बताए ।
अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्