
काठमाडौं । तीर्थयात्राका लागि मुस्ताङ पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ । लो–घेकर दामोदर कुण्ड गाउँपालिका–४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको हो ।
गएको बुधबारै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भइरहेको परिवारका सदस्यले बताएका छन्।














