Logo
Logo

कोदालोले हानेर आफ्नै बुबा र छिमेकीको विभत्स हत्या


693
Shares

काठमाडौं । पश्चिम नवलपरासीमा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबासहित दुई जनाको विभत्स हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

हेमराजले कोदालो प्रहार गरेर बुबा जयराम र छिमेकी नाथुको हत्या गरेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

इन्स्पेक्टर पौडेलका अनुसार हत्याको कारण हालसम्म खुल्न नसकेको र हेमराजलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्