Logo
Logo

डोनाल्ड ट्रम्पले इलोन मस्कलाई ‘दिमाग खुस्केको’ भने


1.1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै धनी व्यक्ति इलोन मस्कमाथि ‘दिमाग खुस्केको’ भन्दै गम्भीर आरोप लगाएका छन् । अमेरिकी मिडिया आउटलेट एबीसी न्यूजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले मस्कसँग कुराकानी गर्न कुनै रुचि नभएको बताए । 

ट्रम्पको यो टिप्पणी मस्क र उनको बीचमा फोन वार्ता हुने सम्भावनाको खबर बाहिरिएपछि आएको हो । ह्वाइट हाउसले बीबीसीसँग भनेको छ, ‘राष्ट्रपति ट्रम्पले आज मस्कसँग कुरा गर्ने छैनन् ।’ 

सीएनएनसँगको अर्को कुराकानीमा ट्रम्पले भने, ‘म इलोनको बारेमा सोचिरहेको छैन । उनलाई केही समस्या छ ।’  पछिल्लो समय मस्क र ट्रम्पबीच तनाव बढ्दै गएको छ। मस्कले अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेपछि ट्रम्पको घरेलु नीति र कर विधेयकको चर्को आलोचना गरेका थिए । त्यसयता दुवै पक्षले सामाजिक सञ्जालमार्फत एकअर्काप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्