Logo
Logo

केदारनाथमा हेलिकप्टर सडकमै आपत्‌कालीन अवतरण, कारमा ठोकियो


3k
Shares

काठमाडौं । शनिवार दिउँसो भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टरले प्राविधिक समस्याका कारण सडकमा आपत्कालीन अवतरण गरेको छ । यो हेलिकप्टर पाँच यात्रु लिएर केदारनाथतर्फ जाँदै थियो ।

प्राविधिक गडबडी देखिएपछि पाइलटले तत्काल निर्णय लिँदै नजिकैको खाली सडकमा हेलिकप्टर अवतरण गराए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रशासनले तुरुन्त टोली पठाएर हेलिकप्टरलाई सडकबाट हटाएको थियो ।

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, ‘हेलिकप्टर बारासुस्थित आधारबाट केदारनाथ धामका लागि उडान भर्दै थियो। उडानका क्रममा प्राविधिक समस्या देखिएपछि पाइलटले समयमै स्थिति नियन्त्रणमा लिँदै आपत्कालीन अवतरण गरे ।’

उनका अनुसार, हेलिकप्टरमा सवार सबै पाँच यात्रु सकुशल छन्, तर पाइलटलाई सामान्य चोट लागेको छ। अवतरणका क्रममा सडकमा पार्क गरिएको एउटा कारमा भने क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्