काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । उनको स्थायी ठेगाना झापा, मेचीनगर नगरपालिका-१५ हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले जेठ ७ गते पक्राउ अनुमति जारी गरेपछि फरार रहेका भेटवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भेटवाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जनाएको छ ।














