काठमाडौं । सप्तकोसी नदीमा बिहीबार विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ, भने अर्का एक जनाको खोजी कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रवार सप्तकोसी नदीको किनारमा फेला परेको हो ।
बेपत्ता डोटीका सुरज साउदको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोर र विपद् व्यवस्थापनको तालिमप्राप्त टोली परिचालित रहेको उनले बताए ।














