
काठमाडौं । कोरोना संक्रमणबाट भारतमा जनवरीयता ६५ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।
हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ छ । जसमा सबैभन्दा बढी केरला राज्यमा १ हजार ९ सय कोरोनाका बिरामी छन् ।
विभागका अनुसार पछिल्लो ९ दिनमा ३ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा हरेक दिन लगभग ४ सयका दरले कोरोना संक्रमित थपिइरहका छन् । तर अहिले फैलिरहेको कोरोना भाइरसको भेरिएन्ट त्यति गम्भीर खालको नभएको दाबी गरिएको छ ।