Logo
Logo

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता


315
Shares

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

शान्त र सुन्दर जिरी नगरमा अवस्थित होटल यार्शा प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । उक्त सहकार्यअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शामा कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन् ।

उक्त छुट अफरले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने बताइएको छ ।

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्