Logo
Logo

दृष्टि न्यूज प्रभाव : संगीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा


630
Shares

काठमाडौं । नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा मिलेमतो गरी भ्रष्टाचार भएको सत्यतथ्य खबर दृष्टि साप्ताहिक र दृष्टि न्यूज डटकमले लामो समययता प्रकाशित गर्दै आएकामा अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा टेलिकमका शक्तिशाली कर्मचारी र सञ्चालक समितिका अधिकारीहरु मिलेर भ्रष्टाचार गरेको उल्लेख छ । यसबारे खबर प्रकाशित भएपछि अख्तियारले जिम्मेवार व्यक्तिहरुसँग बयान लिएको थियो । ठूलो संख्याका जिम्मेवार अधिकारीहरुसँग बयान लिएपनि अन्ततः १८ जनामाथि मात्र मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएकामा आइटी माफियासँग जोडिएका टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पनि थिए । चीनको एशिय इन्फो लिन्केज टेक्नोलोजिसँग बिलिङ प्रणालीको खरिदमा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेकोमा आपूर्तिकर्ता कम्पनीसँग अस्वाभाविक मूल्य २ करोड पाँच लाख त्रिसठी हजार एएमसी सेवा गर्ने गरी सम्झौता गरी नोक्शानी पु¥याएको अख्तियारले जानकारी दिएको छ । अख्तियारले २४ लाख ४३ हजार ६२० अमेरिकी डलर हिनामिना हानिनोक्शानी भएको हिसाब निकालेको छ । यो कदम चाल्दा संगीता पहाडीले प्रमुख व्यवसायिक अधिकृतका रुपमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसँग साँठगाँठ गरेको देखिएको छ ।

सुनिलमाथि यसअघि नै भ्रष्टाचार मुद्दा दायर भई अदालतले दोषी ठहर गरिसकेको छ । आफूमाथि भ्रष्टाचार मुद्दा दर्ता हुने बुझेपछि सुनिलले त्यतिबेलै संगीता पहाडीलाई कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेका थिए । पहाडीलाई नै सुनिलले टेलिकमको महत्वपूर्ण निर्णयमा सहभागी गराउनुका साथै शक्तिशाली जिम्मेवारी दिएका थिए । सुनिलमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पनि संगीता सुनिलकै पदचाप पछ्याएकी थिइन् । टेलिकमको ठेक्कामा योजनावद्ध तरिकाले आफू अनुकूलका कम्पनी छान्न पटक पटक बोलपत्र आव्हान गर्ने र पहिल्यै छनोटका लागि कम्पनी तय गरी बोलपत्र अनुकूल बनाएर आव्हान गर्ने गरियो ।

अन्तततः उनीहरुको समूहले गरेको भ्रष्टाचार अन्ततः लुक्न सकेन । दृष्टि साप्ताहिकले संगीताले आफ्नो पति सेनाका कर्णेल विश्वबन्धु पहाडीलाई पनि सक्रिय बनाएर टेलिकमको ठेक्कापट्टामा चलखेल गरेको खुलासा गरेको थियो । पहाडी सादा पोशाकमा नेताहरुको घर घर धाएको तस्बिर पनि दृष्टिले सार्वजनिक गरेको थियो । उनी ठेक्काको खेलमा विचौलियाहरुसँग भेटघाटमा सक्रिय हुँदै आएका थिए । अख्तियारले संगीतामाथि मुद्दा दायर गरेपछि कर्णेल विश्वबन्धु पहाडी समेत ठूलो समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्