Logo
Logo

फ्रान्स भ्रमणको खर्च विवरणबारे अख्तियारले बालेनसँग माग्यो स्पष्टीकरण


4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ मा फ्रान्सको कान्स फिल्म फेस्टिभल भ्रमणको खर्च विवरणबारे स्पष्टीकरण मागेको छ । उक्त भ्रमणमा सचिवालयका सदस्य सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीका रूपमा लगिएको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारमा उजुरी परेको थियो ।

 महालेखाको प्रतिवेदन-२०८२ अनुसार, कान्स सहरका मेयरको निम्तोमा भएको भ्रमणमा २२ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च भएको छ । विभिन्न भौचरमार्फत भुक्तानी गरिएको उक्त रकममा भौचर नं. ५७२३ बाट २० लाख ४९ हजार १६५, भौचर नं. ४२६ बाट १ लाख ४४ हजार ७०६ र भौचर नं. ५०९१ बाट ६२ हजार ५३१ रुपैयाँ खर्च भएको देखिन्छ । महालेखाले ‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५’ विपरीत खर्च भएको भन्दै औचित्यमा प्रश्न उठाएको छ ।

बालेनले फेस्टिभलमा निर्देशकसँग संवाद, रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागिता र मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनमा भाग लिएका थिए। अख्तियारले लम्साल र व्यञ्जनकारलाई बोलाएर बयान लिइसकेको छ, तर बालेन उपस्थित भएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्