काठमाडौं । तारकेश्वर नगारपालिकाले विभिन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मीलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । सञ्चारमाध्यममा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोज पत्रकारिता, आलेख लेखनलगायत तालिम दिइएको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले नगरले स्थानीयलाई सामाजिक सुरक्षा, शिक्षास्वास्थ्य, अधिकतम प्रशासनिक सुविधा उपलब्ध गराउने नीति लिएको बताउँदै स्थानीय तहका चुनौती तथा सम्भावनाबारे जानकारी दिए ।
प्रेस काउन्सिलका सदस्य शन्तराम विडारीले पत्रकारिता आचार संहिता तथा अनुसन्धानमूलक लेखनका अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिँदै पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले गर्ने नियमन तथा त्यसको प्रभावकारिताबारे जानकारी दिए ।
नगर उपप्रमुख सिर्जना बुर्लाकोटीले स्थानीय पूर्वाधार तथा विकास निर्माण, सेवा प्रवाहको अवस्थाबारे जानकारी दिए । नगरपालिका प्रवक्ता राधाकृष्ण खड्गी, नगरपालिका-३ का वडा अध्यक्ष परशुराम अर्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद आचार्यलगायतले ग्रामीण भेगमा भएका गतिविधि, सांस्कृतिक कार्यक्रम तथा ग्रामीण पत्रकारिता विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।