
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
मुस्ताङ भ्रमणमा रहेका प्रचण्डले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिसडाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको बौद्ध परम्पराअनुसार शिलान्यास गरेका हुन् ।
त्यसक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
माओवादी केन्द्र मुस्ताङका इञ्चार्ज धीरेन्द्र बिकका अनुसार ६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुरका ढच्युङ गुरुङले निःशुल्क जग्गादान गरेका हुन् ।