
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ गङ्गाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी हुँदा ५ हजार ७ सय कुखुराका चल्ला जलेर नष्ट भएका छन् ।
बुधवार साँझ अबेर फर्ममा आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला गरी ५ हजार सात सय चल्ला जलेर नष्ट भएको हो ।
आगलागीबाट चल्लासहित फर्मको भित्री संरचनासमेत जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । बर्दघाट नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय सेमरीको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।