Logo
Logo

अनेरास्ववियुको नयाँ नेतृत्व छान्न मतदान जारी


378
Shares

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।

जारी २४औं राष्ट्रिय सम्मेलनअन्तर्गत कीर्तिपुरमा केहीबेरअघिबाट मतदान सुरु भएको हो ।

हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्