
काठमाडौं । थापाथली चोकमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीलाई टेम्पोले ठक्कर दिएको छ ।
आज बिहान ९ः ४० बजे त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको बा १ घ ४१८८ नम्बरको टेम्पोले थापाथली चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान वर्षा शाहलाई ठक्कर दिएको हो ।
टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको छ । टेम्पो र चालकलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।











