
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पदाधिकारी बैठक बस्दैछ ।
बैठक आज दिउँसो २ः ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने भएको हो । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको नेतृ दुर्गा सोवले जानकारी दिइन् ।
यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । त्यस्तै बैठकमा शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल छ ।














