
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी गरेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भएको भेटवार्तापछि कार्यपालिका बैठक र नगरसभा बोलाउने तयारी भएको हो । बुधबार मेयर बालेन र उपमेयर डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षबीच भेटवार्ता भएको थियो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले हिजोको भेटवार्ता नगरसभा र कार्यपालिकाकेन्द्रित भएको भन्दै ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढ्ने बताए । आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन ।














